ए डिभिजन लिग : आर्मीको संघर्षपूर्ण जित

काठमाडौं (खेलदैनिक) । विभागीय टोली नेपाल आर्मी क्लबले पल्सर शहिद स्मारक ए डिभिजन लिगमा सोमबार संघर्षपुर्ण जित हात पारेको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सम्पन्न सातौं चरणको खेलतर्फ आर्मीले ब्रीगेड ब्वाईज क्लब (बीबीसी) लाई शुन्यका विरुद्ध १ गोलले हरायो । बीबीसीमाथि जित हात पार्न आर्मीले दोस्रो हाफसम्म संघर्ष गर्नुपर्यो ।

दोस्रो हाफको ६६ औं मिनटमा टंक बस्नेतले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो । खेलको म्यान अफ द म्याच आर्मीका टेक बुढाथोकी घोषित भए । यो जितपछि ७ खेलबाट १७ अंक जोडेको आर्मी तेस्रो स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको लिगलिडर मनाङ १८ अंकका साथ शिर्ष स्थानमा छ ।

मनाङले आज नै दोस्रो खेलमा मच्छिन्द्र एफसीको सामना गर्दैछ । त्यस्तै पराजित बीबीसी भने चार अंकका साथ पुछारबाट तेस्रो स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...