ए डिभिजन लिग : थ्रीस्टारको जितमा रजिन हिरो

काठमाडौं (खेलदैनिक) । पल्सर शहिद स्मारक ए डिभिजन लिगमा आइतबार रुस्लान थ्रीस्टार क्लबले जावलाखेल युथ क्लबलाई २–० ले हराउँदै लिगलिडर मनाङमाथि दबाब कायम राखेको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा थ्रीस्टारका लागि दुवै गोल रजिन धिमालले गरे । खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव भयो । पहिलो गोल ५२ औं मिनटमा रजिन धिमालले पेनाल्टीबाट गरे भने दोस्रो गोल पनि ६३ औं मिनटमा रजिनले नै गरे ।

जारी लिगमा रजिनको यो पाँचौं गोल समेत हो । साथै सर्वाधिक गोलकर्ताको सूचीमा रजिन मनाङका अन्जन बिष्टसँगै शिर्ष स्थानमा छन् ।

उता यो जितसँगै ७ खेलबाट १६ अंक जोड्को थ्रीस्टार तेस्रो स्थानमा छ र शिर्ष स्थानमा रहेको मनाङ भन्दा २ अंकले पछाडी छ । त्यस्तै पराजित जावलाखेल भने ४ अंकका साथ पुछारबाट तेस्रो स्थानमा छ ।अ

च्यासललाई पनि सफलता

आइतबार नै सशस्त्र प्रहरीको एपिएफ स्टेडियममा सम्पन्न अर्को खेलमा च्यासल युथ क्लबले फ्रेण्डस क्लबलाई ३–१ ले हराएको छ । च्यासलको जितमा सन्त बहादुर गुरुङले दुई गोल गरे भने थप एक गोल देवेन्द्र तामाङले गरे । उता पराजित फ्रेण्डसका लागि बिकास लामाले एक गोल फर्काए ।

यो जितपछि ७ खेलबाट १० अंक जोडेको च्यासल सातौं स्थानमा छ । उता पराजित फ्रेण्डस् भने ५ अंकका साथ दशौं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...