
काठमाडौं (खेलदैनिक) । इण्डोनेसियन क्लब पर्सिजा जकार्ताबाट व्यवसायीक फुटबल खेलिरहेका नेपालका राष्ट्रिय फुटबलर रोहित चन्दले इण्डोनेसिया लिगा वानको उत्कृष्ट खेलाडीको अवार्ड जितेका छन् । गर्वको कुरा त पुरस्कार ग्रहण गर्ने बेलामा चन्दले घाँटीमा नेपालको राष्ट्रिय झण्डा बोकेका थिए ।
यो अवार्ड जित्ने क्रममा चन्दले पर्सिबयाका स्ट्राइकर डेभिड डा सिल्भा र पिएसएम मकासरका विलेन जन प्लुमलाई पछि पारेका थिए । लिगभरि उत्कृष्ट प्रदर्शन गरेका चन्दले क्लबका लागि तीन गोल समेत गरेका थिए । साथै जर्काताले यस सिजन लिगा वानको उपाधि जिताउन उनको भूमिका पनि महत्वपूर्ण थियो ।