ए डिभिजन लिग : सरस्वती विरुद्ध एपिएफलाई ३ अंक

काठमाडौं (खेलदैनिक) । सशस्त्र प्रहरीको एपिएफ क्लबले जारी पल्सर शहिद स्मारक ए डिभिजन लिगमा आइतबार महत्वपूर्ण तीन अंक बटुलेको छ ।

आइतबार एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा एपिएफले सरस्वती युथ क्लबलाई शून्यका विरुद्ध २ गोलले हराउँदै लिगमा महत्वपूर्ण तीन अंक बटुल्न सफल भयो ।

एपिएफको जितमा खेल शुरु भएको १५ औं मिनटमा रुप बहादुर लामाले पहिलो गोल गरे । त्यस्तै हाफ टाईम हुनुभन्दा दुई मिनट अघि ४३ औं मिनटमा युवराज खड्काले दोस्रो गोल गर्दे एपिएफको जित सुनिश्चित गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...