मकवानपुर : एबीसी पोखरालाई राष्ट्रिय भेट्रान्सको उपाधि

हेटौडा (खेलदैनिक) । हेटौँडा भेट्रान्सको आयोजना र हेटौंडा वडा नम्बर ६ को सहआयोजनामा भएको राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबल प्रतियोगितको उपाधि एबीसी भेट्रान्स, पोखराले जितेको छ ।

उपाधि जित्ने क्रममा एबीसीले फाइनलमा बुटवल भेट्रान्सलाई शून्यका विरुद्ध १ गोलले हरायो । एबीसीको जितमा म्यान अफ द फाइनल समेत घोषित मनोज राईले एक मात्र निर्णायक गोल गरे ।

बिजेता बनेको एबीसीले उपाधिसहित नगद १ लाख हात पारेको छ भने उपविजेता बुटवल भेट्रान्सले ५० हजारमा चित्त बुझाएको छ । त्यस्तै प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी मानकाजी गुरुङ घोषित भए ।

त्यसैगरी अन्य व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक रबिन शाही घोषित भए भने उत्कृष्ट डिफेन्डर जय थापा घोषित भए । उत्कृष्ट मिडफिल्डरको उपाधि बिजय गुरुङले जित्दा उत्कृष्ट फरवार्ड सोम बहादुर गरबुजा घोषित भए । सर्वाधिक गोलकर्ताको पुरस्कार भने अनुप लामाले हात पारे ।

प्रतियोगितामा देशभरका कुल १४ टिमहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...