ए डिभिजन लिग : संकटाको कठिन जित

काठमाडौं (खेलदैनिक) । खेलको इन्जुरी समयमा म्याक्सवेल निर्णायक बन्दा जारी पल्सर शहिद स्मारक ए डिभिजन लिगको सातौं चरणको खेलतर्फ सिएमजी संकटा क्लबले रोमाञ्चक जित हात पारेको छ ।

हल्चोक स्थित एपिएफ स्टेडियममा सम्पन्न खेलमा संकटाले इन्जुरी समयको गोलको सहयोगमा न्युरोडटिम (एनआरटीलाई शून्यका विरुद्ध १ गोलले हरायो । खेल बराबरी नतिजातर्फ लम्किरहेको बेला इन्जुरी समयको ९३ औं मिनटमा सेडरिक आवाको क्रस पासमा म्याक्सवेलले हेडद्वारा एक मात्र निर्णायक गोल गरे ।

खेलको म्यान अफ द म्याच एनआरटीका गोलरक्षक अजित प्रजापति घोषित भए । यो जितसँगै ७ खेलबाट १८ अंक जोडेको संकटा दोस्रो स्थानमा छ । शिर्ष स्थानमा रहेको मनाङको पनि समान १८ अंक भए तापनि हेड टु हेडका आधारमा मनाङ अगाडी छ । त्यस्तै उता यस सिजन जित विहीन रहेको एनआरटी १ अंकका साथ पुछारमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...