प्रथम फिदिम नगर गोल्डकप मंसिर २६ देखि

पाँचथर (खेलदैनिक) । स्वतन्त्र क्लब, रानीटार पाँचथरको आयोजनामा यहि आउँदो मंसिर २६ गतेदेखि प्रथम फिदिम नगर गोल्डकप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

कुल आठ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक स्वतन्त्र क्लब र फिदिम स्र्पोटिङ क्लब भिड्ने भएका छन् । प्रतियोगिताको फाइनल खेल भने पुस १ गते हुने खेल संयोजक मिलन गुरुङले जानकारी दिए ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख प्राप्त गर्नेछ । त्यसैगरी प्रतियोगिताको प्रत्यक्ष प्रसारण चर्चित नेपाली फुटबल साईट गोलनेपाल डटकमले गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...