शेर्पासँग बराबरीमा रोकियो पुलिस

काठमाडौं (खेलदैनिक) । शुरुवाती गोलको अग्रता दोस्रो हाफमा जोगाउन नसक्दा नेपाल पुलिस क्लबले पल्सर शहिद स्मारक ए डिभिजन लिगतर्फ शनिबार हिमालयन शेर्पा क्लबसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको छ ।

सशस्त्र प्रहरीको हल्चोक मैदानमा सम्पन्न खेलको पहिलो तर्फ ३१ औं मिनटमा तेज तामाङको क्रस पासमा भरत शाहले गोल गर्दै पुलिसलाई शुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफसम्म पुलिसले त्यो अग्रतालाई जोगाउन समेत सफल भएको थियो तर दोस्रो हाफमा भने गोल खान पुग्यो ।

दोस्रो हाफतर्फ ७० औं मिनटमा शेर्पाले पाएको फ्रिकिकमा विश्वास श्रेष्ठले चलाखीपूर्ण बराबरी गोल फर्काउँदै टोलीको सम्भावित हार समेत टारे । जारी लिगमा दुवै टोलीको यो दोस्रो बराबरीमा समेत हो ।


प्रतिक्रिया दिनुहोस

Loading...