उपाधिका लागि एबीसी पोखरा र बुटवल भेट्रान्स भिड्ने

हेटौडा (खेलदैनिक) । हेटौँडा भेट्रान्सको आयोजना र हेटौंडा वडा नम्बर ६ को सहआयोजनामा जारी राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबल प्रतियोगितको फाइनलमा एबीसी भेट्रान्स पोखरा र बुटवल भेट्रान्स भिड्ने भएका छन् ।

फाइनल प्रवेश गर्ने क्रममा एबीसीले बगर भाई खलकलाई पेनाल्टी शुटआउटमा २–१ ले हरायो । त्यस्तै अर्को सेमिफाइनलमा बुटवल भेट्रान्सले घरेलु टोली हेटौडा भेट्रान्सलाई २–० ले हराउँदै फाइनल स्थान सुरक्षित गर्यो । उपाधिका लागि लागि एबीसी र बुटवल भेट्रान्सबीचको फाइनल भिडन्त शनिबार हुँदैछ ।

देशभरका कुल १४ टिमहरुको सहभागिता रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार हात पार्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...