एन्फा अध्यक्ष शेर्पाद्वारा एएफसीमा आफ्नो मनोनयन दर्ता

काठमाडौं (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले एसियाली फुटबल महासंघ (एएफसी) को कार्यकारिणी समिति सदस्यका लागि मनोनयन दर्ता गराएका छन् ।

शेर्पाले उक्त पदका लागि श्रीलंकाका अनुरा डि सिल्भा र भुटानका उगेन तेछुप विरुद्ध स्पर्धा गर्नेछन् । मनोनयन दर्ताका लागि यहि डिसेम्बर ६ तारीखको मध्यरात सम्मका लागि अन्तिम मिति तोकिएको थियो । चर्चित नेपाली फुटबल साईट गोलनेपालका अनुसार एएफसीको चुनाव आगामी बर्षको शुरुवात मै हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...