सहज जितका साथ न्यु श्रृजना फाइनलमा

तिलोत्तमा (खेलदैनिक) । सहज जितका साथ न्यु श्रृजना एफसी जारी दोस्रो सन्जिवनी कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

तिलोत्तमा १४, बाघधुरा देवीनगरस्थित स्थानीय खेलमैदानमा शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनलमा न्यु श्रृजनाले नव जीवन युवा क्लबलाई शून्यका विरुद्ध २ गोलले हराउँदै फाइनल स्थान सुरक्षित गर्यो । न्यु श्रृजनाको जितमा म्यान अफ द म्याच समेत घोषित किरन थापा एकलैले दुवै गोल गरे ।

अब उपाधिका लागि न्यु श्रृजनाले मंसिर २३ गते आइतबार सुपौली एफसीको सामना गर्ने आयोजक क्लबका अध्यक्ष अर्जुन क्षेत्रीले जानकारी दिए ।

रुपन्देहीका कुल १६ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार र उपविजेताले २५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल यहि मंसिर २३ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...