रोमाञ्चक जितका साथ सुपौली उपाधि नजिक

तिलोत्तमा (खेलदैनिक) । झिनो अन्तरको रोमाञ्चक जित हात पार्दै सुपौली एफसी जारी दोस्रो सन्जिवनी कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

तिलोत्तमा १४, बाघधुरा देवीनगरस्थित स्थानीय खेलमैदानमा बिहीबार सम्पन्न पहिलो सेमिफाइनलमा सुपौलीले नव टिकुलीगढ एफसीलाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले हरायो । सुपौलीको जितमा किरन पुनले एक मात्र निर्णायक गोल गरे ।

बिहीबारको खेलमा पराजित नव टिकुलीगढका निशान सुनार म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत मंसिर २१ गते शुक्रबारको दोस्रो सेमिफाइनल खेल न्यु श्रृजना एफसी र नव जीवन युवा क्लब बीच हुने आयोजक क्लबका अध्यक्ष अर्जुन क्षेत्रीले जानकारी दिए ।

रुपन्देहीका कुल १६ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार र उपविजेताले २५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल यहि मंसिर २३ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...