ए डिभिजन लिग : छैठौं चरणको खेलसम्म पनि मच्छिन्द्र जितविहीन

काठमाडौं (खेलदैनिक) । पल्सर शहिद स्मारक ए डिभिजन लिगतर्फ पुछारका दुई टोली ब्रीगेड ब्वाईज क्लब (बीबीसी) र मच्छिन्द्र एफसीले बिहीबार बराबरी खेल्दै अंक बाँडेका छन् ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा दुवै टोलीले निर्धारित समयको खेल गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । जारी लिगमा जितविहीन रहेको मच्छिन्द्रको यो तेस्रो बराबरी हो ।

खेलमा बीबीसीका जय गुरुङ म्यान अफ द म्याच घोषित भए । बिहीबारको नतिजासँगै ६ खेलबाट ३ अंक जोडेको मच्छिन्द्र र ४ अंक जोडेको बीबीसी पुछारबाट क्रमश दोस्रो र तेस्रो स्थानमा छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...