ए डिभिजन लिग : फ्रेण्डससँग बराबरीमा रोकियो आर्मी

खेलका क्रममा आर्मी (हरियो) र फ्रेण्डसका खेलाडी ।

काठमाडौं (खेलदेनिक) । उपाधिको बलियो प्रत्याशी मध्ये एक मानिएको नेपाल आर्मी क्लबले पल्सर शहिद स्मारक ए डिभिजन लिगमा बिहीबार फ्रेण्डस क्लबसँग बराबरी खेल्दै अंक बाँडेको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा आर्मीले फ्रेण्डससँग गोलरहित बराबरी खेल्दै अंक बाँड्न बाध्य भएको हो । खेलमा पाएको अवसरलाई आर्मीले सदुपयोग गर्न नसक्दा चुकचुकाउनु पर्यो । उता फ्रेण्डसले पनि आर्मीको आक्रमणपंंक्तिलाई डटेर सामना गर्यो र विभागीय टोलीलाई बराबरीमा रोक्न सफल भयो ।

जारी लिगमा दोस्रो बराबरी खेलेको आर्मीको ६ खेलबाट १४ अंक छ र शिर्ष स्थानमा रहेको मनाङभन्दा ४ अंकले पछाडी परेको छ । उता पाँच अंक जोडेको फ्रेण्डस भने पुछारबाट पाँचौं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...