काठमाडौं (खेलदेनिक) । अखिल नेपाल फुटबल संघ (एन्फा) को प्रशिक्षण विभागले देशको पाँच प्रदेशहरुमा एन्फा डि लाईलेन्स कोचिङ कोर्ष आयोजना गर्ने योजना बनाईरहेको छ ।
नेपाली फुटबल साईट गोलनेपाल डटकमका अनुसार एन्फाका प्राविधिक निर्देशक ताकेदा र अन्य प्रशिक्षकहरुले कोर्षबारे आवश्यक छलफल गरिरहेका छन् ।
Will you be interested? https://t.co/gOLNEYoSfO
— GoalNepal.com (@Goal_Nepal) December 6, 2018
आवश्यक छलफलपश्चात् एन्फाले कोष सञ्चालन गर्ने पाँच प्रदेशको टुँगो लगाउने बताइएको छ । मुलुकमा हाल सात प्रदेशहरु रहेका छन् । गोलनेपालका अनुसार यो कोर्षमा वर्तमान खेलाडीहरुले पनि सहभागिता जनाउन पाउने बताइएको छ ।