इण्डोनेसियन सुपर लिगको बर्ष खेलाडीको मनोनयनमा रोहित

एजेन्सी । इण्डोनेसिया सुपर लिग (लिगा वान) मा पर्सिजा जकार्ताबाट व्यवसायिक फुटबल खेलिरहेका नेपालका चर्चित फुटबलर रोहित चन्द सुपर लिगको बर्ष खेलाडीको मनोनयनमा परेका छन् ।

लिगा वानको प्राविधिक अध्ययन टोलीले यस बर्षको उत्कृष्ट खेलाडीको मनोनयनमा परेका खेलाडीहरुको नामावली सार्वजनिक गरेको छ । ती मध्ये पर्सिजा जकार्ताका चन्द पनि परेमा हुन् । प्राविधिक अध्ययन टोलीका एक सदस्य सुदिरमानका अनुसार बर्षको उत्कृष्ट खेलाडी मनोनयनमा लागि विभिन्न मापदण्ड र योग्यतालाई आधार बनाइएको बताएका छन ।

चर्चित नेपाली फुटबल साईट गोलनेपालका अनुसार यस सिजन सुपर लिगमा रोहितको प्रदर्शन उत्कृष्ट रहेको छ । क्लबका लागि ३० खेलमा सहभागिता जनाएका रोहितले ३ गोल गर्नुका साथै २ गोलका लागि एसिस्ट पनि मिलाइदिएका छन् । रोहितले मिलाएको ८५० पास मध्ये ६६८ पासमा उनी सफल पनि भएका छन् । जुन ७९ प्रतिशतको औषत समेत हो ।


रोहितसँगै बर्ष खेलाडीको मनोनयनमा पर्सिबयाका फरवार्ड डेभिड डा सिल्भा र पिएसएम मकासरका विलेम जान प्लुम परेका छन् ।

त्यसैगरी यस सिजन उपाधिका लागि पर्सिजा जकार्ता र पिएसएमले यसै सप्ताहन्त निर्णायक भिडन्त भिड्ने भएका छन् । अंकतालिकामा लिगलिडर जकार्ताको ५९ अंक छ र दोस्रो स्थानमा रहेको पिएसएम भन्दा १ अंकले अगाडी छ ।

निर्णायक खेलमा जकार्ताले घरेलु मैदानमा मित्र कुकरको सामना गर्दैछ । यदि जकार्ताले मित्र कुकरलाई पराजित गर्न सके उसले लिग उपाधि जित्ने निश्चित छ । त्यस्तै लिग खेलतर्फ पिएसएमले आइतबार पिएसएमएस मेडनसँग घरेलु मैदान मै खेल्देछ ।


प्रतिक्रिया दिनुहोस

Loading...