कठिन जितका साथ नव जीवन सेमिफाइनलमा

तिलोत्तमा (खेलदैनिक) । कठिन जितका साथ नव जीवन युवा क्लब जारी दोस्रो सन्जिवनी कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

तिलोत्तमा १४, बाघधुरा देवीनगरस्थित स्थानीय खेलमैदानमा बुधबार सम्पन्न अन्तिम क्वाटरफाइनलमा नव जीवनले स्टार स्पोर्टस्लाई पेनाल्टी शुटआउटमा ४–३ ले हराउँदै सेमिफाइनल स्थान सुरक्षित गरेको हो । यसअघि निर्धारितय समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

बुधबारको खेलमा नव जीवनका अमित सुनार म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत मंसिर २० गते बिहीबारको पहिलो सेमिफाइनल खेल नव टिकुलीगढ एफसी र सुपौली एफसीबीच हुने आयोजक क्लबका अध्यक्ष अर्जुन क्षेत्रीले जानकारी दिए ।

रुपन्देहीका कुल १६ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार र उपविजेताले २५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल यहि मंसिर २३ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...