ए डिभिजन लिग : शेर्पामाथि च्यासलको कठिन जित

काठमाडौं (खेलदैनिक) । शुरुवाती गोलको अग्रता लिएर पनि हिमालयन शेर्पा क्लबले पल्सर शहिद स्मारक ए डिभिजन लिगतर्फ बुधबार च्यासल युथ क्लबसँग १–२ को दुर्भाग्यपुर्ण हार बेहोरेको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलको १५ औं मिनटमा कर्ण लिम्बुको प्रहार रिबाउण्ड हुँदै फर्किएपछि सोही बललाई सदुपयोग गर्दै त्रिदेव गुरुङले शेर्पाका लागि पहिलो गोल गरे । पहिलो हाफसम्म त्यो गोलको अग्रता कायम राखेको शेर्पाले त्यसलाई दोस्रो हाफमा जोगाउन सकेन ।

च्यासलका लागि म्यान अफ द म्याच समेत घोषित सन्तोष साहुखलले ५६ औं मिनटमा बराबरी गोल फर्काए । तर खेलको ७३ औं मिनटमा निरज बस्नेतले आत्मघाती गोल गर्नु शेर्पाका लागि दुर्भाग्यपुर्ण बन्यो ।

खेलको म्यान अफ द म्याच च्यासलका सन्तोष साहुखल ।

यो जितसँगै ६ खेलबाट ७ अंक जोडेको च्यासल सातौं स्थानमा उक्लिएको छ । उता पराजित शेर्पा भने १० अंकका साथ च्यासल भन्दा एक स्थान माथि छैठौं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...