ए डिभिजन लिग : थ्रीस्टारको जितमा निराजन निर्णायक

काठमाडौं (खेलदैनिक) । शुरुवाती गोलले पछि परेको स्थिति उल्टाउँदै रुस्लान थ्रीस्टार क्लबले जारी पल्सर शहिद स्मारक ए डिभिजन लिगमा सरस्वती युथ क्लबमाथि २–१ को रोमाञ्चक जित हात पारेको छ ।

बुधबार सशस्त्र प्रहरीको हल्चोक मैदानमा सम्पन्न खेलमा थ्रीस्टारले खेल शुरु भएको दोस्रो मिनटमै गोल खान पुगेको थियो । सरस्वतीका लागि भिक्टर एमोबीले पहिलो गोल गरे । तर सरस्वतीले त्यो गोलको अग्रता धेरैबेर कायम राख्न सकेन ।

उता १५ औं मिनटमै रजिन धिमालले पेनाल्टीबाट थ्रीस्टारका लागि पहिलो गोल गरे । त्यस्तै खेलको ३४ औं मिनटमा रन्जन बिष्टको क्रस पासमा निराजन खड्काले हेडद्वारा निर्णायक गोल गर्दै टोलीलाई महत्वपूर्ण तीन अंक दिलाए । खेलमा थ्रीस्टारका दिक्षेन तामाङ म्यान अफ द म्याच घोषित भए ।


प्रतिक्रिया दिनुहोस

Loading...