फेका कप फुटबल बिहीबारदेखि

काठमाडौं (खेलदैनिक) । फेयर एजुकेसनल कम्पिटिटर्स एसोसिएसन (फेका) को आयोजनामा १३ औं फेका कप अन्तरविद्यालय फुटबल प्रतियोगिता बिहीबारदेखि सुरु हुने भएको छ । 

प्रतियोगितामा २२ ब्वाइज टिमको सहभागिता रहने कौस्तुभ कलेजका प्रिन्सिपल एवं प्रतियोगिता संयोजक किरणप्रकाश न्यौपानेले जनाएका छन् ।

विजेताले ३० हजार, उपविजेताले २० हजार र तेश्रो हुनेले १० हजार नगद पुरस्कार हात पार्ने फेकाका अध्यक्ष नवराज भट्टले जानकारी दिए । गत संस्करणको उपाधि करियर बिल्डिङ इन्टरनेसनल एकेडेमीले जितेको थियो ।

नकआउट आधारमा हुने प्रतियोगिता सञ्चालन गर्न करिब ६ लाख ५० हजार रुपैयाँ खर्च हुने बताइएको छ । मंसिर २९ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु पेप्सीकोलास्थित टाउन प्लानिङको मैदानमा हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...