सबिनको निर्णायक गोलसँगै सुपौली सेमिफाइनलमा

तिलोत्तमा (खेलदैनिक) । सुपौली एफसी रुपन्देहीमा जारी दोस्रो सन्जिवनी कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

तिलोत्तमा १४, बाघधुरा देवीनगरस्थित स्थानीय खेलमैदानमा मंगलबार सम्पन्न तेस्रो क्वाटरफाइनलमा सुपौलीले एलसी ब्रदर्शलाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले हरायो । सुपौलीको जितमा सबिन पुनले एक मात्र निर्णायक गोल गरे ।

मंगलबारको खेलमा पराजित एलसी ब्रदर्शका झके गुरुङ म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत मंसिर १९ गते बुधबारको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल नव जीवन युवा क्लब र स्टार स्पोर्टस् बीच हुने आयोजक क्लबका अध्यक्ष अर्जुन क्षेत्रीले जानकारी दिए ।

रुपन्देहीका कुल १६ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार र उपविजेताले २५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल यहि मंसिर २३ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...