काठमाडौं (खेलदैनिक) । नेपाली फुटबल टोलीका फरवार्ड बिमल घर्ती मगरले च्यासल युथ क्लबसँगको सम्झौता आपसी सहमतिमा स्थगित गरेका छन् । चर्चित नेपाली फुटबल साईट गोलनेपालका अनुसार बिमल ट्रायलका लागि बेल्जियम जाने भएपछि खेलाडी र क्लबबीचको सहमति मै सम्झौता स्थगित गरिएको हो ।
बिमल ट्रायलका लागि बुधबार बेल्जियमतर्फ प्रस्थान गर्दैछन् । यद्यपि उनले बेल्जियमको कुन डिभिजनको कुन क्लबमा ट्रायल दिने हुन्, त्यो भने खुलाइएको छैन ।
Bimal Gharti Magar is going to Belgium for trial ! https://t.co/StoGlSjGrS
— GoalNepal.com (@Goal_Nepal) December 4, 2018
स्मरणीय छ कि बिमलको यो पहिलो बेल्जियम यात्रा भने होईन । यसअघि पनि उनले बेल्जियमको चर्चित क्लब एन्डरलेक्टको युथ टोलीबाट फुटबल खेलेका थिए । त्यस्तै यसै बर्ष बिमलले चर्चित आई लिग क्लब मोहन बगानबाट पनि खेलेका थिए । यद्यपि क्लबले उनलाई सम्झौता अघि नै फुकुवा गरेको थियो ।