ए डिभिजन लिग : एपिएफको दोस्रो जित

काठमाडौं (खेलदेनिक) । पल्सर शहिद स्मारक ए डिभिजन लिगतर्फ दोस्रो जित हात पार्ने क्रममा सशस्त्र प्रहरीको एपिएफ क्लबले मंगलबार न्युरोडटिम (एनआरटी) लाई २–१ ले हराएको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलको तेस्रो मिनटमै युवराज खड्काको गोलबाट एपिएफले शुरुवाती अग्रता लिएको थियो । तर खेलको १५ औं मिनटमा राजेश परियारले एनआरटीका लागि बराबरी गोल फर्काएका थिए ।

पहिलो हाफ १–१ को बराबरीमा सकिए तापनि दोस्रो हाफको ७५ औं मिनटमा एपिएफका लागि सुदिप शिख्रकारले पेनाल्टीबाट निर्णायक गोल गर्दै टोलीलाई महत्वपूर्ण तीन अंक दिलाए । यो जितसँगै ६ खेलबाट ७ अंक जोडेको एपिएफ लिगतालिकाको सातौं स्थानमा उक्लिएको छ । उता पाँचौ हार बेहोरेको एनआरटी मात्र १ अंकका साथ पुछारमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...