कठिन जितका साथ न्यु श्रृजना सेमिफाइनलमा

तिलोत्तमा (खेलदैनिक) । कठिन जित हात पार्दै न्यु श्रृजना एफसी जारी दोस्रो सन्जिवनी कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

तिलोत्तमा १४, बाघधुरा देवीनगरस्थित स्थानीय खेलमैदानमा सोमबार सम्पन्न प्रतिस्पर्धात्मक दोस्रो क्वाटरफाइनलमा न्यु श्रृजनाले रेसुङ्गा एफसीलाई पेनाल्टी शुटआउटमा ५–४ ले हराउँदै सेमिफाइनल यात्रा पक्का गरेको हो ।

यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । कडा प्रतिस्पर्धाका बीच सम्पन्न नियमित समयतर्फ रेसुङ्गाका लागि कमल गुरुङले गोल गरे भने न्यु श्रृजनाका लागि बिनोद रानाले गोल गरेका थिए ।

सोमबारको खेलमा न्यु श्रृजनाका गोलरक्षक सबिन रोका मगर म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत मंसिर १८ गते मंगलबारको तेस्रो क्वाटरफाइनल खेल एलसी ब्रदर्श र सुपौली एफसी बीच हुने आयोजक क्लबका अध्यक्ष अर्जुन क्षेत्रीले जानकारी दिए ।

रुपन्देहीका कुल १६ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार र उपविजेताले २५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल यहि मंसिर २३ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...