अष्ट्रेलिया : माछापुच्छ्रे एफसीलाई एमएफसी कपको उपाधि

काठमाडौं (खेलदैनिक) । माछापुच्छ्रे एफसीले अष्ट्रेलियामा सम्पन्न एमएफसी कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । आइतबार सम्पन्न प्रतियोगिताको प्रतिस्पर्धात्मक फाइनल भिडन्तमा माछापुच्छ्रेले फेवा क्लबलाई २–१ ले हराउँदै उपाधि जितेको हो ।

बिजेता बनेको माछापुच्छ्रेले उपाधिसहित नगद ३ हजार अष्ट्रेलिया डलर हात पार्यो । त्यसैगरी व्यक्तिगत विद्यातर्फ काभुस अमात्यले उत्कृष्ट गोलरक्षकको पुरस्कार जिते भने प्रतियोगिता कै उत्कृष्ट खेलाडी बियुश गुप्ता घोषित भए ।


त्यस्तै प्रतियोगितातर्फ यति एफसीले तेस्रो स्थान हासिल गर्यो । तेस्रो स्थानका लागि भएको भिडन्तमा यतिले सगरमाथा एफसीलाई पराजित गरेको थियो । खेलको म्यान अफ द म्याच नेपालका राष्ट्रिय फुटबल जगजित श्रेष्ठ घोषित भए ।


प्रतिक्रिया दिनुहोस

Loading...