ए डिभिजन लिग : फ्रेण्डसको पहिलो जित

काठमाडौं (खेलदैनिक) । पल्सर शहिद स्मारक ए डिभिजन लिगतर्फ फ्रेण्डस् क्लबले पहिलो जित हात पार्ने क्रममा मच्छिन्द्र एफसीलाई ३–० ले हराएको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा फ्रेण्डसले तीनै गोल दोस्रो हाफमा गर्न सफल भएको थियो । पहिलो गोल खेलको ६६ औं मिनटमा फफनाले सुन्दर फ्रिकिकबाट गरेका थिए ।

त्यस्तै दोस्रो गोल ८४ औं मिनटमा सन्जोक महर्जनले गरे भने अन्तिमतिर इन्जुरी समयमा अनिल महर्जनले तेस्रो गोल गर्दै टोलीको जित पक्का गरे । जारी लिगमा फ्रेण्डसको यो पहिलो जित समेत हो ।

यो जितसँगै पाँच खेलबाट ४ अंक जोडेको फ्रेण्डस लिगतालिकाको नवौं स्थानमा उक्लिएको छ । त्यस्तै पराजित मच्छिन्द्र भने २ अंकका साथ १२ औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...