शानदार जितका साथ नवजीवन क्वाटरफाइनलमा

तिलोत्तमा (खेलदैनिक) । शानदार जित हात पार्दै नवजीवन युवा क्लब जारी दोस्रो सन्जिवनी कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शनिबार तिलोत्तमा १४, बाघधुरा देवीनगरस्थित स्थानीय खेलमैदानमा सम्पन्न खेलमा नवजीवनले महेन्द्रनगर एफसीलाई ६–० ले हरायो । नवजीवनको जितमा अमित थापाले ह्याट्रिक गरे । त्यस्तै सुजित थापाले दुई गोल गरे भने थप एक गोल बिक्रम रेग्मीले गरे ।

शनिबारको खेलमा पराजित महेन्द्रनगरका नविन राना म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत मंसिर १६ गते आइतबारको पहिलो क्वाटरफाइनल खेल डिएमसी, तुल्सीपुर र नव टिकुलीगढ एफसी बीच हुने आयोजक क्लबका अध्यक्ष अर्जुन क्षेत्रीले जानकारी दिए ।

रुपन्देहीका कुल १६ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार र उपविजेताले २५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल यहि मंसिर २३ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...