ए डिभिजन लिग : मनाङलाई स्पष्ट अग्रता

काठमाडौं (खेलदैनिक) । दावेदार मध्ये एक मानिएको मनाङ मस्र्याङ्दी क्लबले जारी पल्सर शहिद स्मारक ए डिभिजन लिगमा ३ अंकको स्पष्ट अग्रता बनाएको छ ।

शनिबार एपिएफ स्टेडियममा सम्पन्न खेलमा मनाङले सरस्वती युथ क्लबलाई २–० ले हराउँदै लिगतालिकामा स्पष्ट अग्रता बनाएको हो । खेलमा मनाङले दुवै गोल दोस्रो हाफमा गर्यो ।

पहिलो गोल खेलको ५५ औं मिनटमा अन्जन बिष्टले गरे भने ६८ औं मिनटमा आफिज ओलावालेले मनाङको अग्रता दोब्बर पारेका थिए । जारी लिगमा ओलावालेको यो चौथो गोल समेत हो । खेलमा मनाङका कमल श्रेष्ठ म्यान अफ द म्याच घोषित भए ।

यो जितसँगै ५ खेलबाट १५ अंक जोडेको मनाङ शिर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको रुस्लान थ्रीस्टार क्लबको १२ अंक छ । उता पराजित सरस्वती भने ६ अंकका साथ सातौं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...