ए डिभिजन लिग : तेस्रो स्थानमा उक्लियो संकटा

काठमाडौं (खेलदैनिक) । संकटा क्लब जारी पल्सर शहिद स्मारक ए डिभिजन लिगतर्फ शनिबार च्यासल युथ क्लबलाई २–१ ले हराउँदै लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

सशस्त्र प्रहरीको हल्चोक मैदानमा सम्पन्न खेलको २२ औं मिनटमा अमित तामाङको पेनाल्टी गोलबाट संकटाले शुरुवाती अग्रता लिएको थियो । पहिलो हाफसम्म १–० को अग्रता बनाएको संकटाले दोस्रो हाफ शुरु भएको केहि मिनट मै दोस्रो गोल गर्न सफल भएको थियो ।

खेलको ४८ औं मिनटमा म्याक्सवेलले गोल गर्दै संकटाको अग्रता दोब्बर पारे । उता खेलको अन्तिमतिरि ८६ औं मिनटमा सन्तोष साहुखल ले च्यासलका लागि एक गोल फर्काए तापनि त्यो टोलीको पराजय टार्न प्रर्याप्त बनेन ।

यो जितसँगै ५ खेलमा ४ जितका साथ १२ अंक जोडेको संकटा तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै पराजित च्यासलको भने ४ अंक छ र लिगतालिकाको आठौं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...