किरणको टोली टिसी स्पोर्टस् बन्यो लिग च्याम्पियन

काठमाडौं (खेलदैनिक) । माल्दिभ्समा व्यवसायीक फुटबल खेलिरहेका नेपालका नम्बर एक गोलरक्षक किरण चेम्जोङको टोली टिसी स्पोर्टस्ले धिवेही प्रिमियर लिगको उपाधि जितेको छ । टिसी स्पोर्टस्ले टप फ्लाईट लिग उपाधि जितेको पहिलो पटक हो ।

शुक्रबार न्यु रेडियन्टले माजियालाई बराबरीमा रोकेपछि टिसी स्पोर्टस् एक खेल अगावै लिग च्याम्पियन बनेको हो । लिग अवधिभर किरण चेम्जोङको प्रदर्शन पनि उत्कृष्ट रह्यो । टिसी स्पोर्टस्ले लिगको थप एक खेल क्लब इगल्ससँग खेल्न बाँकी छ ।


प्रतिक्रिया दिनुहोस

Loading...