आर्मी र संकटा भिड्दै

(सिमरा, खेलदैनिक) मोफसलकै प्रतिष्ठित फुटवल प्रतियोगिताको उपाधीका लागी शनिवार त्रिभूवन आर्मी क्लब र सिएमजी संकटा क्लबबिच प्रतिस्पर्धा हुदैछ ।

आर्मीले हिमालयन शेर्पा र संकटाले साविक बिजेता बिजय युथ क्लबलाई २–१ को जित निकाल्दै फाईनल भिडन्त पक्का गरेको हो । फाईलनमा पुग्ने दुइै टिमले उपाधी भिडन्त रोमाञ्चक हुने बताएका छन् ।

सिमरा रंगशालामा शुक्रवार आयोजित प्रिम्याच कम्फ्रेन्समा दुबै टिमका प्रशिक्षकले सिमरा गोल्डकपको आठौं संस्करणको उपाधी आफूले जित्ने दाबी गरे । यस सिजनमा संकटा र आर्मीबिच यो चौथो भेट हो । यसअघिका तीन खेलमा आर्मी एक र संकटा दुई पटक बिजयी भएको छ ।

आर्मीका प्रशिक्षक नविन न्यौपानेले संकटा बलियो टिम भएकाले फाईनल भिडन्त सहज नभएको बताए । उपाधी जित्न आर्मीविरुद्ध उत्कृष्ट प्रदर्शन गर्नुको बिकल्प नरहेको न्यौपानेको भनाई थियो । संकटाको एटेकीङ पक्ष निकै राम्रो भएको भन्दै न्यौपाने त्यसलाई रोक्नुनै आफ्नो टिम बलियो रुपमा प्रस्तुत हुन जरुरी रहेको न्यौपाने बताए ।

संकटाका प्रशिक्षक सल्यान खड्गीले आर्मी बलियो टिम रहेकाले रणनिति अनुसार खेलाडीले खेल्न नसके उपाधी उचाल्न कठिन हुने बताए । आर्मीको खेलाडीको तालमेल आफूले यस संस्करणमा हेरिरहेको भन्दै खड्गीले कमजोरी पक्षको फाईदा उठाएर गोल गर्ने प्रयास गरिने बताए ।

आर्मीका लागि यो प्रतियोगिता यस बर्षको दशौं प्रतियोगिता हो भने संकटाले आठौं प्रतियोगिताको रुपमा सिमरा गोल्डकपको खेलिरहेको छ । आर्मीले यसअघि पाच वटा प्रतियोगिताको फाईलनमा पुगेको आर्मीले तीन उपाधी उचालेको छ । आर्मीले नेपाल कप, सुमन भोम्जन स्मृति कप र दुबही गोल्डकपको उपाधी उचालेको हो । संकटाले यसअघि नारायणघटमा बिकाशसिल्ड फुटवलको उपाधी आर्मीबिरुद्ध जितेको थियो । आर्मीका कप्तान भरत खवासले संकटाविरुद्ध खेलमा पुरानै रणनितिमा उत्रिने बताए ।


प्रतिक्रिया दिनुहोस

Loading...