मेयर कप फुटबल सुरु

मेयर कप फुटबलको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल ।

काठमाडौं (खेलदैनिक) । शंखरापुर नगर खेलकुद विकास समितिको आयोजनामा प्रथम शंखरापुर नगर वडा स्तरीय फुटबल प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ ।

पहिलो दिन वडा ६ र २ बीचको उद्घाटन खेल १–१ को बराबरीमा टुंगियो । मंसिर २९ गतेसम्म चल्ने लिग कम नकआउट प्रतियोगितामा ९ टिम सहभागी छन् । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः १ लाख, ५० हजार र २५ हजार नगद पुरस्कार पाउने छन् ।

प्रतियोगिताको पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य उपेन्द्र पौडेललगायतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...