फादर मोरान स्मृति फुटबल शनिबारदेखि

काठमाडौं (खेलदैनिक) । सेन्ट जेभियर्स स्कुल, गोदावरीको आयोजनामा २३ औं फादर मोरान स्मृति आमन्त्रण अन्तरविद्यालय फुटबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।

प्रतियोगितामा १६ ब्वाइज टिमको सहभागिता रहने आयोजकले जनाएको छ । लिग कम नकआउट आधारमा हुने प्रतियोगिताका खेलहरु गोदावरीस्थित आयोजककै मैदानमा हुनेछ । गत संस्करणको उपाधि लिटिल एन्जल्स स्कुलले जितेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...