सबिनको ह्याट्रिकसँगै सुपौली क्वाटरफाइनलमा

तिलोत्तमा (खेलदैनिक) । सबिन पुन एक्लैले ह्याट्रिक सहित चार गोल गरेपछि सुपौली एफसी जारी दोस्रो सन्जिवनी कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

तिलोत्तमा १४, बाघधुरा देवीनगरस्थित स्थानीय खेलमैदानमा शुक्रबार सम्पन्न खेलमा सुपौलीले रामनगर एफसीलाई ६–१ ले हरायो । सुपौलीको जितमा म्यान अफ द म्याच समेत घोषित सबिन पुनले चार गोल गरे भने थप दुई गोल किरन पुन र खेम पुनले गरे । उता पराजित रामनगरका लागि अनिल पुर्वियाले एक मात्र सान्तवना गोल फर्काए ।

प्रतियोगिता अन्तरगत मंसिर १५ गते शनिबारको खेल नव जीवन युवा क्लब र महेन्द्रनगर एफसी बीच हुने आयोजक क्लबका अध्यक्ष अर्जुन क्षेत्रीले जानकारी दिए ।

रुपन्देहीका कुल १६ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार र उपविजेताले २५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल यहि मंसिर २३ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...