ए डिभिजन लिग : मनाङमाथि थ्रीस्टारको दबाब कायमै

काठमाडौं (खेलदैनिक) । रन्जन बिष्ट चम्किएपछि रुस्लान थ्रीस्टार क्लबले पल्सर शहिद स्मारक ए डिभिजन लिगमा शुक्रबार सशस्त्र प्रहरीको एपिएफ क्लबलाई २–० ले हराएको छ ।

सातदोबाटो स्थित एन्फा कम्पलेक्समा सम्पन्न खेलमा थ्रीस्टारका लागि दुवै गोल रन्जन बिष्टले गरे । बिष्टले आफ्नो पूर्व क्लब विरुद्ध खेलको २५ र ६६ औं मिनटमा गरी दुई गोल गरे । बिष्ट खेलको म्यान अफ द म्यात समेत घोषित भए ।

यो जितपछि ५ खेलबाट १२ अंक जोडेको थ्रीस्टार दोस्रो स्थानमा छ र पाटने क्लबले समान अंकका साथ शिर्ष स्थानमा रहेको मनाङ मस्र्याङ्दी क्लबमाथि दबाब कायम राखेको छ । एक खेल कम खेलेको मनाङ हेड टु हेडका आधारमा शिर्ष स्थानमा छ । उता तेस्रो हार बेहोरेको एपिएफ भने ४ अंकका साथ नवौं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...