ए डिभिजन लिग : तेस्रो स्थानमा उक्लियो पुलिस

काठमाडौं (खेलदैनिक) । विभागीय टोली नेपाल पुलिस क्लब जारी पल्सर शहिद स्मारक ए डिभिजन लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न पाँचौं चरणको पहिलो खेलमा पुलिसले न्युरोडटिम (एनआरटी) लाई ३–० ले हराउँदै लिगतालिकाको तेस्रो स्थानमा उक्लिएको हो । पुलिसको जितमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका निर कुमार राईले खेलको ४० औं र ८२ औं मिनटमा गरी दुई गोल गरे । त्यस्तै थप एक गोल ६६ औं मिनटमा अभिषेक रिजालले गरे ।

शुक्रबारको पहिलो खेलमा पुलिसका लागि दुई गोल गरेका निर कुमार राई म्यान अफ द म्याच समेत घोषित भए । यो जितसँगै पाँच खेलबाट १० अंक जोडेको पुलिस तेस्रो स्थानमा उकिलएको छ । उता पराजित एनआरटी भने एक अंकका साथ पुछारमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...