साफ महिला च्याम्पियनसिप बिराटनगरमा हुने पक्का

काठमाडौं (खेलदैनिक) । आगामी बर्ष नेपालमा हुन गईरहेको साफ महिला च्याम्पियनसिप अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिराटनगरमा आयोजना गर्ने पुष्टी गरेको छ ।

बिहीबार मस्कटमा सम्पन्न साफको बैठकबाट साफ महिला च्याम्पियनसिपको आयोजना गर्ने जिम्मेवारी बिराटनगरले पाएको हो । आगामी बर्षको मार्च १२ देखि २२ (२०१९) सम्म हुने प्रतियोगिता बिराटनगर स्थित शहिद मैदानमा हुनेछ ।


बिराटनगरले पहिलोपटक अन्तर्राष्ट्रिय (अन्दरदेशीय) स्तरको फुटबल प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी पाएको हो । प्रतियोगितामा दक्षिण एसियाका कुल सात देशहरुले सहभागिता जनाउने छन् । भारत प्रतियोगिताको साविक विजेता समेत हो ।


प्रतिक्रिया दिनुहोस

Loading...