फिफा वरियतामा ओरालो लाग्दै नेपाल

काठमाडौं (खेलदैनिक) । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले निकालेको नयाँ विश्व वरियतामा नेपाल एक स्थान तल झर्दै १६२ औं स्थानमा पुगेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल दक्षिण एसियातर्फ भने चौथो स्थानमा रहेको छ ।

त्यस्तै फिफा वरियताको ९७ औं स्थानमा रहेको भारत दक्षिण एसियातर्फ शिर्ष स्थानमा यथावत छ भने १४७ औं स्थानमा रहेको अफगानिस्तान दक्षिण एसियातर्फ दोस्रो स्थानमा छ । त्यस्तै १५२ औं स्थानमा रहेको माल्दिभ्स दक्षिण एसियातर्फ तेस्रो स्थानमा रहँदा १८६ औं वरियतामा रहेको भुटान दक्षिण एसियातर्फ पाँचौं स्थानमा छ ।


उता फिफा वरियताको १९२ औं स्थानमा रहेको बंगलादेश दक्षिण एसियातर्फ छैठौं स्थानमा छ । त्यस्तै १९९ र २०२ औं स्थानमा रहेको पाकिस्तान र श्रीलंका दक्षिण एसियातर्फ क्रमश सातों र आठौं स्थानमा रहेका छन् ।

बेल्जियम शिर्ष स्थानमा

त्यसैगरी फिफाको शिर्ष वरियतामा बेल्जियम रहेको छ । दोस्रो स्थानमा विश्व विजेता फ्रान्स छ भने तेस्रो स्थानमा ब्राजील रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...