ए डिभिजन लिग : शेर्पा र एपिएफको पहिलो जित

काठमाडौं (खेलदैनिक) । पल्सर शहिद स्मारक ए डिभिजन लिगमा सशस्त्र प्रहरीको एपिएफ क्लब र हिमालयन शेर्पा क्लबले पहिलो जित हात पारेका छन् । पहिलो जित दर्ता गर्ने क्रममा एपिएफले फ्रेण्डस क्लबलाई तथा शेर्पाले सरस्वती युथ क्लबलाई समान १–० ले हरायो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न एपिएफी र फ्रेण्डसबीचको खेलमा एपिएफका लागि इन्जुरी समयमा प्रविन स्याङ्तनले एक मात्र निर्णायक गोल गरे । निर्णायक गोल गरेका स्याङ्तन खेलको म्यान अफ द म्याच समेत घोषित भए ।

त्यसैगरी हल्चोक मैदानमा सम्पन्न शेर्पा र सरस्वतीबीचको खेलमा पहिलो हाफको ३० औं मिनटमा विश्वास श्रेष्ठले गरेको एक मात्र गोल शेर्पाको जितका लागि प्रर्याप्त बन्यो । यसअघि एपिएफ र शेर्पाले पहिलो चरणतर्फ एक आपसमा भिडेका थिए । जहाँ दुवै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...