गत बर्षको काँकरभिट्टा गोल्डकप घाटामा

काँकरभिट्टा (खेलदैनिक) । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले आयोजना गरेको मेची नेत्रालय काँकरभिट्टा गोल्डकप नकआउट फुटबल प्रतियोगिता करिब साडे सात लाख रुपैयाँ घाटामा गएको छ ।

गतवर्ष सम्पन्न गोल्डकपको तेस्रो संस्करण मुल आयोजक समितिले आइबार काँकरभिट्टामा पत्रकार सम्मेलन गरी आय–व्यय सार्वजनिक गर्दै सात लाख ४१ हजार ८० रुपैयाँ घाटा भएको जानकारी गराएको हो । गोल्डकप मंसिर ६ गतेदेखि १५ गतेसम्म सञ्चालन भएको थियो । आयोजक समितिका अध्यक्ष मिनबहादुर बस्नेतले गोल्डकप सम्पन्न गर्न ४९ लाख ३६ हजार १८० रुपैयाँ खर्च भएको बताए ।

उनका अनुसार आयोजकले गोल्डकपका क्रममा ४१ लाख ९५ हजार एक सय रुपैयाँ आर्थिक संकलन गरेको थियो । ‘गोल्डकप सञ्चालनताका दाताले सहयोग गर्ने वचन दिए पनि रकम उपलब्ध नभएकाले आयोजकले घाटा व्यहोरेको हो’, उनले भने, ‘प्रदेशको चुनाव र मंसिर महिनाको छोटो समयमा दर्शकको अनुपस्थितिले गर्दा पनि सोचेजस्तो आर्थिक संकलन हुन सकेन ।’ घाटा रकम क्लबका सदस्यबाट मिलान गरिएको पनि उनले जानकारी दिए ।

गोल्डकप मेचीनगरको गहनाको रुपमा रहेको भन्दै सल्लाहकार समितिका अध्यक्ष शंकर थापाले गोल्डकपले निरन्तरता पाउने बताउँदै घाटा भयो भन्दैमा कुनै शंका नगर्न आग्रह गरे । उनले विगतका संस्करणभन्दा अझ भव्य र सभ्य गोल्डकपको आयोजना गरिने दाबी गरे ।

काँकरभिट्टा भेट्रान क्लबका सल्लाहकार गंगालाल गुरुङले स्वागत गरेको कार्यक्रममा गोल्डकपको प्रथम पुरस्कार प्रायोजन गर्ने मेची नेत्रालयका डा. चन्द्रप्रकाश राईले गोल्डकप मेचीनगरको शान भएकाले आप्mनो तर्फबाट हुने सहयोग जारी रहने दोहोर्याए । झापा जिल्ला फुटबल संघका सचिव शेरबहादुर बस्नेतले आगामी संस्करण पुस महिनामा गर्नका लागि एन्फामा सिफारिस गरिएको बताउँदै पुरस्कार राशी केही बढाउने सोच रहेको जानकारी दिए ।

गणेशमान र लक्ष्मी पुरस्कृत

त्यसैगरी झापाका दुई सञ्चारकर्मीलाई मेची नेत्रालय काँकरभिट्टा गोल्डकप आयोजक समितिले आइतबार पुरस्कृत गरेको छ ।

फुटबल खेलको समाचार संकलन तथा सम्प्रेषणमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै कान्तिपुर टेलिभिजनका झापा समाचारदाता गणेशमान मुखिया र जनसंसद् दैनिक तथा सूर्योदय टेलिभिजनका पत्रकार लक्ष्मी उप्रेतीलाई नगदसहित पुरस्कृत गरिएको हो । कान्तिपुरका मुखियालाई जिल्लामा आयोजना हुने प्रतियोगिताको र उप्रेतीलाई काँकरभिट्टा गोल्डकपको समाचार सम्प्रेण गरेको भन्दै पुरस्कृत गरेको हो । उनीहरुले जनही सात हजार पाँच सय रुपैयाँ र सम्मानपत्र प्रदान गरियो ।

पुरस्कृत मुखियालाई सल्लाहकार समितिका संयोजक तथा झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापा र आयोजक क्लबका अध्यक्ष मिनबहादुर बस्नेतले पुरस्कार प्रदान गरे भने पत्रकार उप्रेतीलाई डा. चन्द्रप्रकाश राई र भेट्रान फुटबलर गंगालाल गुरुङले नगद तथा सम्मानपत्र प्रदान गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...