फिफा वरियतामा नेपाल दुई स्थान माथि उक्लियो, १७३ औँ स्थानमा

काठमाडौं, २७ माघ  / विश्व फुटबल वरियतामा नेपालको क्रमसंख्या सुधार भएको छ ।  नेपाल दुई स्थान माथि उक्लिएको छ । फिफाले बिहीबार सार्वजनिक गरेको वरियताअनुसार नेपाल १ सय ७३ औँ स्थानमा पुगेको छ ।

दक्षिण एसियाली देशमध्ये भारत सबैभन्दा माथि १ सय ३० औँ स्थानमा छ । माल्दिभ्स ५ स्थान उक्लिएर १ सय ४० आँै स्थानमा पुगेको छ । अफगानिस्तान (तेस्रो स्थान) वरियतामा १ सय ५१ स्थानमा छ । नेपाल भन्दा तल भुटान १ सय ७७, बंगलादेश १ सय ९०, श्रीलंका १ सय ९६ र पाकिस्तान १ सय ९८ औँ स्थानमा छन् ।

फिफा वरियताको शिर्ष स्थानमा अर्जेन्टिना, दोस्रोमा ब्राजिल र तेस्रोमा जर्मनी छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...