माघ २७ / बिहीबारदेखि गाईघाट थरुहट रंगशालामा सुरु भएको चौथो संस्करणको उदयपुर गोल्डकपको उद्घाटन खेलमा संकटा क्लबले विजयी सुरुवात गरेको छ ।
संकटाले धरान फुटबल क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । खेलको २३ औं मिनेटमा संकटाका सौजन राईले पहिलो गोल गरेका थिए । खेलको अन्तिम समयमा संकटाका राज पौडेलले लगालग २ गाेल थपेर टिमलाई ३–१ को जित दिलाए । उनी म्यान अफ द म्याच पनि भए ।
६८ औँ मिनेटमा धरानका प्रकाश बुढाथोकीले एक गोल गरे । शुक्रबार हिमालय शेर्पा क्लब काठमाडौं र घरेलु टिम उदयपुर ११ बिच खेल हुनेछ ।
यसअघि, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्टले फिफा रेफ्री लव खत्रीलाई बल हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गरेका थिए ।