ए डिभिजन लिग : मच्छिन्द्रसँग पुलिसको बराबरी

काठमाडौं (खेलदेनिक( । पल्सर शहिद स्मारक ए डिभिजन लिगतर्फ आइतबार विभागीय टोली नेपाल पुलिस कलबले बराबरी खेल्दै अँक बाँडेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न दोस्रो चरणतर्फको खेलमा पुलिसले मच्छिन्द्र एफसीसँग गोलरहित बराबर िखेल्दै अंक बाँडेको हो । खेलमा दुवैतर्फबाट गोल प्रयास भए तापनि सफल हुन सकेन । पुलिसले यसअघि पहिलो चरणको खेलमा जावलाखेललाई हराएको थियो ।

उता मच्छिन्द्रको यो लगातार दोस्रो बराबरी हो । यसअघि उसले पहिलो चरणको खेलमा च्यासल युथ क्लबसँग पनि गोलरहित बराबरी खेल्दै आँक खोसेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...