मनाङलाई अर्को झट्का, प्रकाश पनि आठ साता मैदान बाहिर

काठमाडौं (खेलदैनिक) । शनिबारदेखि सुचारु भएको शहिद स्मारक ए डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको मनाङ मस्र्याङ्दी क्लबका लागि त्यो जित महँगो साबित भईदिएको छ ।

लिगतर्फ शनिबार मनाङले एनआरटीलाई २–० ले हराउँदै दोस्रो जित दर्ता गरेको थियो । तर सोही खेलका क्रममा केही दिन अघिमात्र क्लबमा आवद्ध भएका प्रकाश बुढाथोकी गम्भिर रुपमा घाइते बनेका छन् । चर्चित नेपाली फुटबल साईट गोलनेपालका अनुसार प्रकाश करिब आठ साता मैदान बाहिर रहने भएका छन् ।


यसअघि मनाङका अर्का भरपर्दा मिडफिल्डर सुजल श्रेष्ठ अभ्यासका क्रममा चोटिल बन्न पुगेका थिए । सुजल पनि ६ साताका लागि मैदान बाहिर रहने निश्चित भईसकेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...