च्यासल विरुद्ध आक्रमक खेल्ने आर्मीका प्रशिक्षक न्यौपानेको रणनीति

काठमाडौं (खेलदैनिक) । भोलीदेखि शुरु सुचारु हुन गईरहेको पल्सर शहिद स्मारक ए डिभिजन लिगतर्फ त्रिभुवन आर्मी क्लब र च्यासल युथ क्लब पनि आमने सामने हुँदैछन् ।

खेलको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै आर्मीका प्रशिक्षक नविन न्यौपानेले च्यासल विरुद्ध आक्रमक खेल्ने बताएका छन् । आर्मी र च्यासलबीचको खेल हल्चोकस्थित एपिएफ मैदानमा दिनको २३० बजे हुँदैछ ।

पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक न्यौपोनले भने, “च्यासल राम्रो टोली हो । भर्खरै राइनो गोल्डकप जितेकाले उनीहरुको मनोबल पनि उच्च छ । तर भोली हामी उनीहरु विरुद्ध आक्रमक फटुबललाई नै निरन्तरता दिनेछौं ।”


त्यस्तै प्रशिक्षक न्यौपानेले लिगको पहिलो खेलमा आफ्नो टोलीले बेस्ट दिन नसकेको बताए । स्मरणीय छ कि आर्मी पहिलो खेलमा एनआरटीसँग हार नजिक पुगेर पनि अन्तिम समयमा आएर २–२ को बराबरी खेल्न सफल भएको थियो ।

न्यौपानेका अनुसार यसपटक लिगमा कुनै पनि टोली कमजोर नरहेको र सबै टोलीप्रति आफ्नो विशेष सम्मान रहेको बताए ।


प्रतिक्रिया दिनुहोस

Loading...