ए डिभिजन लिग भोलीदेखि सुचारु हुँदै (खेलतालिकासहित)

काठमाडौं (खेलदैनिक) । दुई ठूला पर्व दशैं र तिहारका कारण रोकिएको पल्सर शहिद स्मारक ए डिभिजन लिग भोली (शनिबार) देखि सुचारु हुँदैछ ।

लिग अन्तर्गत शनिबारदेखि दोस्रो चरणका खेलहरु शुरु हुँदैछन् । त्यसमध्ये शनिबारका दुवै खेल सशस्त्र प्रहरीको हल्चोक स्टेडियममा हुने भएको छ ।

पहिलो खेलतर्फ बिहान ११ बजे मनाङ मस्र्याङ्दी क्लबले न्युरोड टिम (एनआरटी) को सामना गर्नेछ । त्यस्तै दोस्रो खेलमा भने दिनको २३० बजे त्रिभुवन आर्मी क्लबले च्यासल युथ क्लबको सामना गर्नेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिगको दशौं चरणसम्मको खेलतालिका सार्वजनिक गरिसकेको छ । लिग विजेताले यसपटक उपाधिसहित नगद ५० लाख हात पार्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...