काठमाडौं (खेलदैनिक) । नेपाल पुलिसका आइजिपी सवेन्द्र खनालका अनुसार कतारले २०२२ को फिफा विश्वकपमा खेल आयोजनास्थल सुरक्षाका लागि नेपालसँग प्रहरी सुरक्षा सहयोग मागेको खुलासा गरेका छन् ।
खनालले हालै कतारको भ्रमण गर्ने क्रममा त्यहाँका पदाधिकारीहरुसँग एक सम्झौतामा हस्ताक्षर समेत गरेका थिए । सन् २०२२ मा हुने विश्व फुटबलको कुम्भमेला कतारले आयोजना गर्दैछ । विश्वकपको आवश्यक सुरक्षाका लागि विभिन्न मुलुकका सुरक्षाकर्मीहरु कतार विश्वकपमा प्रयोग हुनेछन् ।
Police officers from different countries will be used during the 2022 World Cup in Qatar https://t.co/jtHNbR1lpK
— GoalNepal.com (@Goal_Nepal) November 15, 2018
कतारमा हाल चार लाख भन्दा बढी नेपाली कामदारहरु बैदेशिक रोजकारका लागि त्यहाँ कार्यरत छन् । कतारमा विश्वकप आयोजना कै लागि बनाइएका विभिन्न स्टेडियम निर्माण कार्यहरुमा नेपाली कामदारहरुको समेत प्रयोग भएको थियो ।