च्यासललाई राइनो गोल्डकपको उपाधि

नवलपुर (खेलदैनिक) । चौथो राइनो संरक्षण गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि च्यासल युथ क्लबले जित्न सफल भएको छ ।

मध्यविन्दु–२ कोल्हुवा, नवलपुरस्थित राइनो मिनी स्टेडियममा बिहीबार सम्पन्न रोमाञ्चक फाइनल भिडन्तमा च्यासलले विभागीय टोली नेपाल पुलिस क्लबलाई टाईब्रेकरमा ५–३ ले हराउँदै उपाधि जित्न सफल भएको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका थिए ।


बिजेता बनेको च्यासलले उपाधिसहित नगद ५ लाख हात पारेको छ भने उपविजेता पुलिसले २ लाख ५५ हजारमा चित्त बुझाएको छ । नन्द भाउजु उपभोक्ता समिति, नवलपरासीको आयोजनामा सम्पन्न प्रतियोगितामा कुल १२ टोलीहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...