एएफसी महिला ओलम्पिक छनौट : बंगलादेशमाथि म्यानमारको शानदार जित

(तस्विर : म्यानमार एफए)

काठमाडौं (खेलदैनिक) । एएफसी महिला ओलम्पिक छनौटतर्फ नेपाल र भारतसँगै समूह सी मा रहेको अर्को दक्षिण एसियाली देश बंगलादेशले आफ्नो पहिलो खेलमा हार बेहोरेको छ ।

बिहीबार समूह सी तर्फको दोस्रो खेलमा बंगलादेशले आयोजक म्यानमारसँग ५–० को हार बेहोरेको हो । यो जितसँगै ३ अंक जोडेको म्यानमार शिर्ष स्थानमा छ । त्यस्तै समान १–१ अंक जोडेको नेपाल र भारत क्रमश दोस्रो र तेस्रो स्थानमा छन् भने अंकविहीन बंगलादेश पुछारमा छ ।

समूह सी तर्फको दोस्रो खेलमा अब म्यानमारले आइतबार नेपालको सामना गर्नेछ भने सोही दिन बंगलादेश र भारत पनि आमने सामने हुनेछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...