राष्ट्रिय फुटबल टिमका लागि प्रारम्भिक चरणमा ३६ खेलाडी छानियो, को को परे ?

काठमाडौं, २७ माघ  – एएफसी एसियन कप छनौट २०१९ का लागि प्रारम्भिक चरणमा ३६ जना खेलाडी छनौट भएका छन् । नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक ग्योटुकी कोजीले सुरुवाती चरणमा ३६ जना खेलाडी छनौट गरेका हुन् ।गएको नोबेम्बरमा एएफसी सोलिडारिटी कप जितेको टिमका २३ खेलाडीमा कर्ण लिम्बु, हेमन्त थापा मगर सहित अरु १३ खेलाडी मिसाइएको हो । 

नयाँलाई अवसर

जिल्ला जिल्लामा भइरहेका प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा कोजीले राष्ट्रिय टोलीको प्रशिक्षणमा बोलाएका छन्।रबी पासवान, विश्व अधिकारी, बिमल पाण्डे, बिमल बस्नेत र युवराज खड्का पहिलो पल्ट राष्ट्रिय टोलीको प्रशिक्षणमा बोलाइएका हुन् ।

३६ जना खेलाडीको प्रशिक्षण आगामी फागुन १ गतेदेखि हुनेछ । मनाङ मर्स्याङ्दी क्लबमा भएका खेलाडी भने प्रशिक्षणमा पछि मिसिनेछन् । मनाङ मर्स्याङ्दी क्लब बंगलादेशमा हुने कमल इन्टरनेशनल कपमा सहभागी हुने भएकाले त्यो प्रतियोगितापछि मात्र मनाङका खेलाडी प्रशिक्षणमा आउने भएका हुन् । एएफसी एसियन कपमा नेपालको पहिलो खेल फिलिपिन्ससँग आगामी चैत १५ गते हुनेछ ।

३६ खेलाडीमा को को छन्  ?

  • बिकेश कुथु
  • रबिन श्रेष्ठ
  • बिराज महर्जन
  • अनन्त तामाङ
  • दिपक गुरुङ
  • आदित्य चौधरी
  • बिमल घर्ती मगर
  • बिशाल राई
  • रञ्जन बिष्ट
  • अनिल गुरुङ
  • हेमन गुरुङ
  • बिक्रम लामा
  • कमल श्रेष्ठ
  • अञ्जन विष्ट
  • सुजल श्रेष्ठ
  • किरणकुमार लिम्बु
  • सुमन लामा
  • नवयुग श्रेष्ठ
  • देबेन्द्र तामाङ
  • बिशाल श्रेष्ठ
  • राजेन्द्र रावल
  • रञ्जित धिमाल
  • एलान न्यौपाने
  • कर्ण लिम्बु
  • युवराज खड्का
  • रबि पाशवान
  • विश्व अधिकारी
  • बिमल पाण्डे
  • सुनिल बल
  • जितेन्द्र कार्की
  • मनबहादुर तामाङ
  • दिनेश राजबंशी
  • रोहित चन्द
  • हेमन्त थापामगर
  • बिमल बस्नेत
  • भरत खवास

 


प्रतिक्रिया दिनुहोस

Loading...